बिहिबार, १४ साउन २०८३
काठमाडौं । केही वर्षअघिसम्म नेपालको इन्स्ट्यान्ट नुडल्स बजारमा सीमित कम्पनीहरूको वर्चस्व रहेको थियो। तर नेपाली बजारमा पछिल्ला वर्षहरूमा तीव्र रूपमा लोकप्रिय बनेको “Current” चाउचाउ अहिले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो प्रभाव विस्तार गर्न सफल भएको छ। यशोदा फ्रुड्स (Yashoda Foods) द्वारा उत्पादित Current अहिले २२ देशमा निर्यात भइरहेको छ। सन् २०१७ मा स्थापना भएको यो कम्पनीले छोटो समयमै नेपालको इन्स्ट्यान्ट नुडल्स बजारमा बलियो उपस्थिति बनाएको छ । विशेषगरी “Hot & Spicy” स्वादका कारण युवापुस्तामाझ Current चाउचाउ अत्यधिक लोकप्रिय बनेको देखिन्छ । पहिले नयाँ ब्रान्ड “Current” चर्चामा आयो। सुरुवातमा युवापुस्तामाझ “अत्यधिक पिरो” स्वादका कारण चर्चा पाएको Current अहिले नेपालकै सबैभन्दा तीव्र रूपमा बढिरहेको FMCG (Fast-Moving Consumer Goods) ब्रान्डमध्ये एक बनेको छ ।
यशोदा फ्रुड्सको वार्षिक कारोबार करिव ८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीले करिब ३१ प्रतिशत व्यापार वृद्धि गरेको बताइएको छ । उत्पादन विस्तार, देशव्यापी वितरण सञ्जाल तथा स्न्याक्स बजारमा बढ्दो उपस्थितिका कारण कम्पनीको व्यापार दिनप्रतिदिन तीव्र गतिमा बढेको छ। Current अहिले भारत, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, जापान, यूएई लगायत २२ देशमा निर्यात भइरहेको कम्पनीले जनाएको छ । कुल आम्दानीको उल्लेखनीय हिस्सा निर्यातबाट आउने गरेको छ । Current चाउचाउ अहिले नेपालका गाउँदेखि शहरसम्म मात्रै लोकप्रिय बनेको नभई अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति विस्तार गरेर लोकप्रिय बन्न सफल भएको छ। छोटो समयमै यो ब्रान्डलाई नेपाली उद्योग क्षेत्रले स्वदेशी उत्पादनको सफल उदाहरणका रूपमा लिन थालेको छ ।
सन् २०१७ बाट यात्रा सुरुवात
Yashoda Foods को स्थापना सन् २०१७ मा भएको हो। रुपन्देही र कपिलवस्तुस्थित उद्योगमार्फत कम्पनीले इन्स्ट्यान्ट नुडल्स तथा विभिन्न स्न्याक्स उत्पादन गर्दै आएको छ। सुरुवाती चरणमै कम्पनीले बजारको रुचि अध्ययन गरेर “Hot & Spicy” स्वादलाई मुख्य पहिचान बनायो। यही रणनीतिले Current लाई छोटो समयमै चर्चित ब्राण्ड बनाउन सफल भयो। नेपालमा युवा पुस्तामाझ मसलेदार खानेकुराको माग बढिरहेका बेला Current ले त्यही बजारलाई लक्षित गरेर Current लाई बजारमा ल्याएको थियो ।
२२ देशमा पुग्यो नेपाली ब्राण्ड
Current अहिले भारत, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, यूएई, बहराइन, कुवेत लगायत २२ देशमा निर्यात भइरहेको कम्पनीले छ। विशेषगरी विदेशमा रहेका नेपाली समुदाय र दक्षिण एशियाली बजारमा यसको माग बढिरहेको छ । कम्पनीको कुल आम्दानीको करिब १२ प्रतिशत हिस्सा निर्यातबाट आउने गरेको छ । नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखिएको भन्दै उद्योगीहरूले यसलाई सकारात्मक संकेतका रूपमा लिएका छन्। नेपालको व्यापार घाटा निरन्तर बढिरहेका बेला स्वदेशी उत्पादन निर्यात हुनु अर्थतन्त्रका लागि पनि सकारात्मक पक्ष मानिन्छ । विदेशी मुद्रा आर्जनमा यस्ता उद्योगहरूको भूमिका महत्वपूर्ण हुने अर्थविद्हरू बताउँछन् ।
स्वदेशमै रोजगारी
Yashoda Foods ले करिव ८ सय जनालाई प्रत्यक्ष रोजगार दिएको छ भने हजारौंले अप्रत्यक्ष रोजगारी पाएका छन् । कम्पनीले नेपाली किसानबाट खुर्सानी तथा अन्य कृषि उत्पादन खरिद गर्दै आएको छ । यसले स्थानीय कृषकलाई बजार उपलब्ध गराउन सहयोग पुगेको छ ।
करिव ८ अर्ब कारोबार
Current उत्पादक Yashoda Foods को आर्थिक वृद्धि पछिल्ला वर्षहरूमा उल्लेखनीय देखिएको छ। कम्पनीको वार्षिक कारोबार अहिले ७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको कारोबार करिब ५ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो। अर्थात् कम्पनीले एकै वर्षमा करिब ३१ प्रतिशत व्यापार वृद्धि गर्न सफल भएको देखिन्छ। Current चाउचाउको लोकप्रियता, वितरण सञ्जालको विस्तार, स्न्याक्स उत्पादन वृद्धि तथा विदेश निर्यातले कम्पनीको व्यापार तीव्र रूपमा बढाएको छ । नेपालमा FMCG क्षेत्रमा छोटो अवधिमै यति ठूलो व्यापारिक विस्तार हासिल गर्ने कम्पनीहरू कमै रहेको छ।
‘ग्रीन नुडल्स’ उद्योग सञ्चालन
कम्पनीले हालै मात्र नेपालकै पहिलो “Green Noodles Factory” सञ्चालनमा ल्याएको छ। कपिलवस्तुस्थित उद्योगमा सौर्य ऊर्जा प्रणाली जडान गरेर ऊर्जा आवश्यकताको ठूलो हिस्सा सोलारबाट पूरा गर्ने योजना अघि बढाइएको छ। उद्योग क्षेत्रमा बढ्दो विद्युत् लागत र ऊर्जा संकटबीच यस्तो पहललाई सकारात्मक रूपमा हेरिएको छ । वातावरणमैत्री उत्पादन प्रणाली अपनाउने प्रयासले कम्पनीको ब्रान्ड छवि अझ मजबुत बनाउन सहयोग पुगेको छ ।
उत्पादन क्षमता विस्तार
Current को माग बढेसँगै कम्पनीले आफ्नो उत्पादन क्षमता पनि तीव्र रूपमा विस्तार गरेको छ। कम्पनीले वार्षिक नुडल्स उत्पादन क्षमता ३० हजार मेट्रिक टनबाट बढाएर ४२ हजार मेट्रिक टन पुर्याएको छ। स्न्याक्स उत्पादन क्षमता पनि ९ सय मेट्रिक टनबाट बढाएर ४ हजार ५ सय मेट्रिक टन पुर्याइएको छ। हाल कम्पनीले नुडल्स,चिप्स,चीजबल,नम्किन लगायतका विभिन्न उत्पादन बजारमा ल्याइरहेको छ । यसले Yashoda Foods लाई केवल नुडल्स कम्पनी नभई ठूलो FMCG समूहका रूपमा विस्तार गरिरहेको देखिन्छ।
बजारमा तीव्र प्रतिस्पर्धा
नेपालको नुडल्स बजार अहिले अत्यधिक प्रतिस्पर्धात्मक बनेको छ । विदेशी ब्रान्ड, नयाँ मसलेदार नुडल्स,रारा,टुपीएम,वाईवाई लगायतका पुराना ब्रान्डसँग करेन्ट चाउचाउले प्रतिस्पर्धा गरिरहेको छ । विशेषगरी “स्पाइसी नुडल्स” सेग्मेन्टमा Current ले युवा बजार कब्जा गरेको छ ।
आगामी भविष्य
नेपालको इन्स्ट्यान्ट नुडल्स बजार अझै विस्तार हुने सम्भावना छ । नेपालमा प्रतिव्यक्ति नुडल्स खपत विश्वमै उच्चमध्ये पर्ने भएकाले यो उद्योगमा भविष्यको सम्भावना बलियो रहेको बताइन्छ। युवापुस्तामा quick snacks, ready-to-eat foods र spicy products को माग बढ्दै गएकाले Current जस्ता ब्रान्डलाई आगामी वर्षहरूमा थप अवसर मिल्न सक् छ। यदि कम्पनीले गुणस्तर, निर्यात विस्तार र ब्रान्ड व्यवस्थापनलाई अझ सुदृढ बनायो भने Current दक्षिण एशियाकै चर्चित नेपाली FMCG ब्रान्ड बन्न सक्ने सम्भावना बलियो देखिन्छ ।