शनिवार, १६ साउन २०८३

images

शनिवार, १६ साउन २०८३

शनिवार, १६ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नबिल बैंकको मोबाइल एपबाटै सीमापार पैसा : अब बैंक वा एजेन्ट धाउन नपर्ने

नेपालको धनुषाका श्याम महत्तो रोजगगारिको शिलशिलामा भारतको नयाँ दिल्लीमा रहेका छन्। रोजगारबाट आएको पैसा पठाउन पहिला पहिला निक्कै झन्झट र अनेकन कागजात चाहिने तथा पैसा पठाएको घर पुग्न पनि एक हप्ता जस्तो लाग्ने अनि पैसा पनि हात नपरेसम्म ढुक्क हुने अवस्था थिएन। तर अहिले उनि ढुक्कसँग त्यो पनी आफ्नै मोबाइलबाटै आफ्नो घरमा पैसा पठाइरहेका छन्। उनले आफूसंगै काम गर्ने साथि सौरब यादवबाट नबिल बैंकको नयाँ सेवा नेपाल–भारत–नेपाल क्रसबोर्डर पर्सन-टु-पर्सन (P2P) डिजिटल रेमिट्यान्स सेवाबारे जानकारी पाएपछि दंग छन्।  

त्यस्तै नेपालमा काठमाडौँमा रोजगारीको शिलशिलामा रहेका भारतीय नागरिक राजिब शर्माको पिडा उस्तै थियो। पैसा पठाउन उही अनेकन झन्झट र पैसा पाउन पनि ३-४ दिन लाग्ने हुँदा घरमा आकस्मिक समयमा पैसा दिन नसकिने अवस्था थियो। उनले आफ्नो साथी गीता साहबाट नबिल बैंकको नयाँ सेवा नेपाल–भारत–नेपाल क्रसबोर्डर पर्सन-टु-पर्सन (P2P) डिजिटल रेमिट्यान्स सेवाबारे जानकारी पाएपछि उनले आफ्नो मोबाइलमा रहेको nBank एप खोलेर केही क्लिकमै रकम ट्रान्सफर गरेपछी उनको खुसीको सिमा नै रहेन । 

माथिका यी दुई पात्र त केवल प्रतिनिधिमुलक मात्र हुन् । भारतमा नेपाली कामदार,व्यवसायी  र बिद्यार्थी करिव ४० लाख हाराहारीमा छन् भने  नेपालमा  भारतका व्यवसायी, कामदार र बिद्यार्थी ३५ लाख हाराहारी  नेपालमा  छन् । यी सबै मानिसहरु यो सेवाबाट प्रत्यक्ष लाभ लिन सक्छन । यो सेवाले नेपाल र भारतबीच डिजिटल पुलको भूमिका खेल्दै लाखौं परिवारको दैनिक जीवनलाई सजिलो बनाइदिएको छ। 

यो सेवाले कसरी काम गर्छ?
यो सेवा लिनको लागि नबिल बैंकमा आफ्नो खाता हुनुपर्छ भने नबिल बैंकको मोबाइल एप nBank चाहिन्छ । नबिल बैंकमा खाता भएका  नेपाली वा भारतीय नागरिकले आफ्नो मोबाइल बैंकिङ एप ‘nBank’ प्रयोग गरेर नेपाल वा भारतमा रहेका परिवारलाई तुरुन्तै रकम पठाउन सक्छन्। दुवै देशका नागरिकले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्तालाई सहज रूपमा पैसा ट्रान्सफर गर्न सक्नेछन्। nBank एप मार्फत नेपालबाट भारत पठाउने सुविधा भारतीय नागरिकहरूका लागि मात्र उपलब्ध छ । यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) को सहकार्यमा सञ्चालन गरिएको हो। भारतबाट नेपाल पठाउँदा, यो सेवा SBI BHIM एप मार्फत उपलब्ध रहेको छ ।

रकमको सिमा
नेपालबाट भारततर्फ आफ्नो नबिल बैंकको खाताबाट भारतमा पैसा पठाउन दैनिक अधिकतम भा.रु. १५ हजार र मासिक भा.रु. १ लाख सम्म पाइने छ । त्यस्तै भारतबाट नेपालतर्फ दैनिक अधिकतम भा.रु. २ लाख सम्म पैसा पठाउन सकिन्छ भने  मासिक कुनै सीमा तोकिएको छैन। 

यो सेवाको महत्व
पहिला प्रविधिको अभावमा सीमापार पैसा पठाउनु निकै झन्झटिलो र असुरक्षित मानिन्थ्यो। आफुले पठाएको पैसा घरसम्म नपुगेसम्म ढुक्क हुने अवस्था थिएन। त्यस्तै बैंक वा रेमिट्यान्स काउन्टरमा पुग्ने पर्ने बाध्यता थियो । तर अब मोबाइलबाटै केही मिनेटमा नै सुरक्षित रुपमा रकम ट्रान्सफर गर्न सकिन्छ। जसले गर्दा बैंक वा रेमिट्यान्स काउन्टरसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ भने आफ्नो व्यस्त समयमा समयको समेत बचत भएको छ। अब नबिल बैंकको यो सेवाले भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र सहज बनाउनुको साथै नेपाल र भारतबीचको भौगोलिक दुरीलाई प्रविधिको माध्यमबाट एक 'क्लिक' मा जोडिदिएको छ । यो सेवा लागू भएसँगै सीमापार आर्थिक कारोबार अझ सरल, छिटो र प्रविधिमैत्री बन्ने छ भने विशेष गरी अध्ययन, उपचार,रोजगारी र घुम्न गएका पर्यटकहरुका लागि तत्काल पैसा पठाउनुपर्ने अवस्थामा यो ठूलो राहत दिने छ।

डिजिटल अर्थतन्त्रको अर्को उपलब्धि 
यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने महत्वपूर्ण पहल हो। यसले नेपाल र भारतबीचको डिजिटल बैंकिङ सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने मात्र होइन, ग्राहकको समय, लागत र झन्झट पनि घटाउने छ। मोबाइल बैंकिङको बढ्दो प्रयोगसँगै नेपाल–भारतबीचको सीमापार डिजिटल भुक्तानी सेवा आर्थिक कारोबारको नयाँ युगतर्फ प्रवेश गरेको छ। अब सामान्य पारिवारिक सहयोगदेखि आकस्मिक आवश्यकतासम्म, सीमापार पैसा पठाउने प्रक्रिया केही क्लिकमै पूरा हुनेछ। यो सेवा पाउनको लागि nBank र भारतीय एप दुवैमा क्रस बोर्डर सेवा सक्षम हुनुपर्नेछ । यो सेवाको दुवै देशका लाखौं ग्राहकले व्यवहारिक र समयानुकूल लाभ लिन सक्नेछन।