बिहिबार, १४ साउन २०८३

images

बिहिबार, १४ साउन २०८३

बिहिबार, १४ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

चर्किंदो गर्मीमा खाद्य सुरक्षा : गर्मीयाममा गुणस्तर जोगाउन यशोदा फुड्सको आग्रह

“उत्पादन मिति र भण्डारणमा ध्यान दिन” विक्रेता र उपभोक्तालाई अनुरोध

काठमाडौँ । नेपालकै चर्चित खाद्य उद्योगमध्ये एक यशोदा फ्रुट्स पा.लि.ले अत्यधिक गर्मी बढ्दै जाँदा खाद्य सामग्रीको गुणस्तरमा असर पर्न सक्ने भन्दै  विक्रेता तथा उपभोक्तालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। कम्पनीले सार्वजनिक सन्देश जारी गर्दै चर्को तापक्रम, घाम र असुरक्षित भण्डारणका कारण खाद्य उत्पादनको गुणस्तर कमजोर हुन सक्ने चेतावनी दिएको हो। अहिले  नेपाल र नेपालीको पहिचान बोकेको स्वदेशी उद्योगका रूपमा आफूलाई स्थापित गरेको यशोदा फुड्सले हजारौँ नागरिकलाई रोजगारी उपलब्ध गराउँदै कृषि क्षेत्रदेखि राष्ट्रिय अर्थतन्त्रसम्म महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। 

कम्पनीले सार्वजनिक सन्देशमार्फत अत्यधिक तापक्रमका कारण खाद्य सामग्री तथा प्याकेजिङमा असर पर्न सक्ने उल्लेख गर्दै उत्पादनलाई घाम तथा पानी नपर्ने सुरक्षित स्थानमा भण्डारण गर्न अनुरोध गरेको छ । कम्पनीका अनुसार गलत भण्डारणका कारण उत्पादनको गुणस्तरमा प्रत्यक्ष असर पर्ने भएकाले बिक्री वितरण गर्दा विशेष सावधानी अपनाउन आवश्यक रहेको जनाएको छ। कम्पनीका उत्पादन २२ भन्दा बढी मुलुकमा निर्यात भइरहेको उल्लेख गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न गुणस्तर नै सबैभन्दा ठूलो आधार भएको कम्पनीले  स्पष्ट पारेको छ।

कम्पनीले विशेषगरी गर्मीयाममा पसल तथा गोदाममा खाद्य सामग्री जथाभावी राख्दा उत्पादनको स्वाद, गुणस्तर र उपभोगयोग्य अवस्थामा असर पर्न सक्ने जनाएको छ। त्यसैले उत्पादनलाई प्रत्यक्ष घाम तथा पानी नपर्ने चिस्यानयुक्त सुरक्षित स्थानमा भण्डारण गर्न र सावधानीपूर्वक बिक्री वितरण गर्न विक्रेतालाई अनुरोध समेत गरिएको छ। यशोदा फुड्सले नेपाली उत्पादनप्रतिको उपभोक्ताको विश्वास कायम राख्न सबैको जिम्मेवारी समान रहेको उल्लेख गरेको छ। “नेपाली उद्योगको प्रतिष्ठा जोगाउने दायित्व उद्योगको मात्र होइन, विक्रेता र उपभोक्ताको पनि हो,” सन्देशमा भनिएको छ।

त्यस्तै, उपभोक्तालाई कुनै पनि खाद्य सामग्री प्रयोग गर्नु अघि उत्पादन मिति र उपभोग गर्न मिल्ने अन्तिम मिति अनिवार्य जाँच गर्न आग्रह गरिएको छ। कम्पनीले सचेत उपभोगले मात्रै सुरक्षित खाद्य संस्कृतिको विकास हुने जनाएको छ। “गुणस्तर, स्वाद र सन्तुष्टि”लाई आफ्नो मुख्य लक्ष्य बनाउँदै आएको यशोदा फुड्सले नेपाली उत्पादनलाई विश्व बजारमा थप विश्वासिलो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ। यसले उत्पादनको गुणस्तर कायम राख्न मद्दत गर्ने र नेपाली उत्पादनको अन्तर्राष्ट्रिय विश्वसनीयता अझ मजबुत बन्ने कम्पनीको विश्वास छ।