बिहिबार, १४ साउन २०८३

images

बिहिबार, १४ साउन २०८३

बिहिबार, १४ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सुर्खेत–कालिकोट सडकखण्डमा यात्रुवाहक फोर्स कर्णालीमा खस्यो, १४ यात्रु बेपत्ता

सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ। दुर्घटना कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको साङ्गेतडामा भएको हो। प्रहरीका अनुसार कर्णाली ०३–००१ ख १०५५ नम्बरको बुलबुले यातायातको गाडी सडकबाट करिब ५०० मिटर तल कर्णाली नदीमा खसेको हो। गाडीमा चालकसहित १४ जना यात्रु सवार रहेको जनाइएको छ।

घटनास्थलमा प्रहरीको उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन। तल्लो ढुंगेस्वर, पाल्तडा र राकम कर्णालीबाट समेत प्रहरी परिचालन गरिएको छ भने उद्धारका लागि सशस्त्र प्रहरीसँग समन्वय गरिएको प्रहरीले जनाएको छ। दुर्घटनास्थल सुर्खेतको वीरेन्द्रनगरबाट करिब ७५ किलोमिटर टाढा पर्छ। हाल बेपत्ता गाडी र यात्रुहरूको खोजी तथा उद्धार कार्य जारी छ।