बिहिबार, १४ साउन २०८३
काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
मृत्यु हुनेमा धनकुटा घर भएका ३५–४० वर्षीय पारुहाङ उथुमी राई छन् । जेनजीको प्रदर्शनमा सहभागी थप १ जनाको जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ । मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन । त्यस्तै ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ ।