शुक्रबार, १५ साउन २०८३

images

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, १५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नाइमा मोबिलिटी एक्स्पो २०२६ : ४० नयाँ उत्पादन सार्वजनिक हुने, ५३ ब्रान्डको सहभागिता

काठमाडौं। नाइमा अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा  ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। उक्त  एक्स्पोमा ५३ ब्रान्ड सहभागी हुनेछन् भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अटोसम्बन्धी उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

सोमबार काठमाडौँमा  आयोजित पत्रकार सम्मेलनमा यस वर्षको एक्स्पोलाई अघिल्ला संस्करणभन्दा अझ ठूलो, व्यवस्थित र आगन्तुकमैत्री बनाइएको जानकारी दिंदै आयोजकले  आगन्तुकका लागि सहज आवतजावत, पर्याप्त पार्किङ, टिकटमा ५० प्रतिशतसम्म छुट, फुड कोर्ट तथा अटोमोबिलिटीसम्बन्धी लर्निङ सेसनको व्यवस्था गरिएको जनाएको छ ।

एक्स्पोमा विद्युतीय र इन्धनबाट चल्ने दुईपांग्रे , चारपांग्रे तथा अन्य अटोमोबाइल उत्पादनहरू प्रदर्शन गरिनेछन्। नयाँ प्रविधि र नवीन उत्पादनमार्फत नेपाली अटोमोबाइल बजारलाई थप गतिशील बनाउने आयोजकको अपेक्षा रहेको छ । यो एक्सपोले  बजेटपछिको अटो बजारको वास्तविक अवस्था, उपभोक्ताको विश्वास र उद्योगको आगामी दिशा स्पष्ट पार्ने छ। 

अहिले अटो उद्योग, बैंकिङ क्षेत्र र उपभोक्ता सबै एउटै प्रतीक्षामा छन्—नयाँ बजेटपछिको बजारले कस्तो प्रतिक्रिया दिन्छ ? यसको सबैभन्दा स्पष्ट उत्तर सम्भवतः नाइमा अटो शो २०२६ ले दिनेछ । साउन अन्तिम सातामा हुने यो प्रदर्शनीमा उपभोक्ताको विश्वास, व्यवसायीको रणनीति र बजारको वास्तविक दिशाबारे अब सबैको नजर नाइमा अटो शोतर्फ केन्द्रित भएको छ ।