शुक्रबार, १५ साउन २०८३

images

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, १५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

हाप्सा नेपालले दरबार हाई स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई दियो तालिम

हाप्सा नेपाल द्वारा  दरबार हाई स्कूल, रानीपोखरीमा आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको (Community Emergency Response Toolkit: CERT) मोबाइल एपको एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गर्दै पहिलोपटक सार्वजनिक विद्यालयमा हातले मात्र दिईने  सिपीआर र चोकिंग  तालिम सम्पन्न गरिएको छ । यसले नेपालका विद्यालयहरू र समुदायहरूमा आपत्कालीन तयारी सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण माइलस्टोन स्थापित गर्ने लक्ष्य लिएको छ । हाप्सा नेपाल  द्वारा, ‘सडक साथी’ नामको संस्थाको  प्राविधिक सहयोगमा विकसित  यस CERT एपले नेपाली भाषामा आपत्कालीन र  चोटपटको हेरचाहका सरल, व्यावहारिक भिडियोहरू प्रदान गर्नेछ । 

यस एपमा घाँटीमा कुनै वस्तु अड्किएर निसासिदाको प्रार्थमिक उपचार (चोकिंग), रक्तश्राव नियन्त्रण, जलन,फ्र्याक्चार समायोजन, मुटुको चाल रोकिएको अवस्था ( कार्डियाक एरेस्ट ) तथा अन्य आपतकालीन अवस्थाहरूमा कसरी मद्दत गर्न सकिन्छ भन्ने विषय समेटिएको छ। साथै, यी सबै भिडियोहरू ग्लोबल हेल्थ मिडिया प्रोजेक्टले मूलरूपमा निर्माण गरेका हुन्, सामग्री विशेषज्ञता हाप्सा नेपालका संस्थापक डा. रामु खरेल तथा अन्य अन्तर्राष्ट्रिय आपतकालीन चिकित्सकहरूले उपलब्ध गराएका हुन्। हाप्साले सामग्रीलाई नेपालको ग्रामीण तथा शहरी दुवै सन्दर्भमा उपयोगी हुनेगरी अनुवाद र अनुकूलन गरेको हो।

HAPSA Nepal (Health Advancement Programs to Serve All) ग्रामिण नेपालमा समान पहुँचयुक्त आपतकालीन हेरचाह सुदृढ गर्ने उद्देश्यले कार्यरत एक गैर–नाफामूलक संस्था हो। हाप्साले   समुदायमा कार्यरत पहिलो प्रतिक्रियादाताहरूलाई जीवनरक्षक सीप प्रदान गर्ने, प्रि–हस्पिटल प्रणाली सुधार गर्ने, तथा समुदाय–केन्द्रित विपद् तयारी र राहत कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आपतकालीन अवस्थामा समुदायका मानिसले छिटो र आत्मविश्वासपूर्वक कार्य गर्न सक्ने क्षमता विकास गर्नु नेपालका लागि सुरक्षा सञ्जाल निर्माण गर्ने महत्वपूर्ण आधार हो । 

हाप्साले २०१३ सालदेखि समुदायकेन्द्रित स्वास्थ्य कार्यक्रमहरू अगाडि बढाइरहेको छ। हाम्रो दीर्घकालीन लक्ष्य भनेको जीवनरक्षक सीपहरू राष्ट्रिय पाठ्यक्रममै समावेश गरी प्रत्येक नेपाली विद्यार्थीलाई आपतकालीन अवस्थामा प्रतिक्रिया दिन सक्षम बनाउने आफुहरुको लक्ष्य रहेको हाप्सा नेपालका संस्थापक तथा अमेरिकाको ब्राउन विश्वविद्यालयका आपतकालीन चिकित्सा विभागका सहायक प्राध्यापक डा. रामु खरेल बताउँछन् ।

एप उद्घाटन कार्यक्रम पछि ५०  जना शिक्षक र विद्यार्थीहरूले व्यावहारिक सिपीआर  र चोकिंग प्राथमिक उपचार  सत्रमा सहभागिता जनाए।“कार्डियाक एरेस्ट  वा चोकिंग  भएको क्षणमा छिटो भन्दा छिटो गरिने उचित रेस्पोन्स  जीवनरक्षक हुनसक्छ । हामीले प्रहरी तथा अन्य अग्रस्थानमा रहेर  खटिने पहिलो प्रतिक्रियादाताहरूलाई तालिम दिदै आएका छौँ, अब विद्यालयहरूमा पनि यो कार्यक्रम विस्तार हुनेछ,”  हाप्साका CPR कार्यक्रमका कार्यकारी प्रमुख तथा आपतकालीन चिकित्सक डा. कमल थापाले प्रशिक्षण सत्रमा बताए ।

ट्रमा हेरचाहका दृष्टिले, “फ्र्याकचर हड्डी  स्थिर बनाउने, रक्तस्राव नियन्त्रण गर्ने, र घाइतेलाई सुरक्षित रूपमा सार्ने जस्ता आधारभूत कार्यहरूले ज्यान बचाउन सक्छ । यी भिडियोहरूले स्वास्थ्यकर्मी नभएका समुदायका व्यक्तिलाई अस्पताल पुग्नु अघि कसरी सहयोग गर्ने भन्ने सिकाउँछन्,” हाप्साका ग्रामीण ट्रमा कार्यक्रमका कार्यकारी प्रमुख तथा बयालपाटा अस्पतालका हाड जोर्नी रोग विशेषज्ञ डा. मनदीप पाठकले बताए।

CERT  एप विकासमा सहयोग गर्नु हाम्रो संस्थाको उद्देश्यसंग मिल्न जान्छ  र यो एपले जीवनरक्षक ज्ञान सिधै जनताको हातसम्म पुर्‍याउँछ।” सडक साथीका प्रतिनिधी निपुण न्यौपानेले भने । 'सडक साथी' नामको संस्था एक वास्तविक सडक दुर्घटना पश्चात, शिक्षा र प्रविधि मार्फत समुदायलाई सचेत वनाउने लक्ष्यका साथ  स्थापित संस्था हो। कार्यक्रममा शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, शिक्षा तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो । छलफल गरिएको विषय सामुदायिक प्रतिक्रियाको लागि उप-मानक सुरक्षा कानूनको महत्त्व र नेपालमा स्वास्थ्य सेवामा शिक्षक र प्रहरीको भूमिका समावेश थियो। 

हाप्सा नेपालका   अध्यक्ष पंकज भट्टराईले  धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो। HAPSA ले हालसम्म ६५० भन्दा बढी सशस्त्र प्रहरीलाई तालिम प्रदान गरिसकेको छ, र हाल शिक्षा मन्त्रालयसँग मिलेर सिपीआर र चोकिंग उपचार  तालिमलाई सरकारी विद्यालयको राष्ट्रिय पाठ्यक्रममा समावेश गर्ने दिशामा कार्य गरिरहेको छ । ‘CERT’ एपमार्फत यी जीवनरक्षक सीपहरू विद्यालय, प्रहरी इकाइ र समुदायका विभिन्न समूहहरूमा अझ व्यापक रूपमा विस्तार हुँदै जानेछ।
For more information, contact:
 info@hapsanepal.org